कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

कक्षा ११ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा

कक्षा ११ काे सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाअन्तर्गत अध्ययन अध्यापन गरिने पाठहरूलाई एघार ओटा एकाइहरूमा विभाजित गरिएको छ ।

पहिलो एकाइमा यस विषयको उद्देश्यमहत्त्वबुझाइएको छ । यसबाट सामाजिक अध्ययन र अन्य विषयको अन्तरसम्बन्ध बुझ्न तथा जीवनोपयोगी सिपको अवधारणाथाहा पाउन सकिन्छ ।

दोस्रो एकाइ डिजिटल साक्षरतासँग सम्बन्धित रहेको छ । यस एकाइमा डिजिटल साक्षरताअन्तर्गत कम्प्युटरको प्रयोग, MS Word, document printing, internet सम्बन्धी पाठहरू छन् । यीबाहेक यस एकाइले सामाजिक सञ्जाल र यसमा अपनाउनुपर्ने सावधानीबारेपनि जानकारी दिएको छ । साथै यस एकाइमा अनलाइन भुक्तानी गर्न,इमेल account खोल्न र इमेल पठाउन र check गर्न पनि सिकाइएको छ ।

तेस्रो एकाइ जीवनोपयोगी सिपमा आधारित छ । यस एकाइ निर्णय प्रक्रिया, समस्या समाधान तनाव व्यवस्थापनका बारेमा रहेको छ । साथै, यसले प्रभावकारी सञ्चारअन्तरवैयक्तिक सिपहरूपनि सिकाएको छ ।

एकाइ चारमा मानवशास्त्रका विभिन्न विषयवस्तु छन् । मानव जातिको उत्पत्ति र विकास, मानव समाजको विकासक्रम तथा विभिन्न युगमा मानवजातिले आर्जन गरेका उपलब्धिहरूबारे यस एकाइमा चर्चा भएको छ । प्राचीन समयदेखि अहिलेको समयसम्म आइपुग्दा मानव समाजमा देखापरेका भिन्नताविविधताबारे यसले ज्ञान दिने छ ।

नेपालको भूगोलविश्व परिवेशका बारेमा एकाइ पाँचमा बुझाइएको छ। यस एकाइमा विश्वका भौगोलिक विविधता र जनजीवनका साथै नेपालका पर्यावरणीय क्षेत्रहरूका बारेमा समेत जानकारी दिएको छ ।

एकाइ छमा इतिहास लेखनको विकासका बारेमा जानकारी दिइएको छ । यस एकाइमा मध्यकालीन एसियाको आर्थिक अवस्थाबारे थाहा पाउने छौँ । यसका साथै बेलायतबाट सुरु भएको औद्योगिक क्रान्ति लोकतन्त्रको विकासका बारेमा पनि जानकारी मिल्ने छ ।

एकाइ सातमा नेपालमा भएको जातीय विविधता र एकताका बारेमा चर्चा भएको छ । यस एकाइमा भएका पाठहरूको अध्ययनपछि सामाजिक सद्भाव, समतामूलक र समावेशी समाज निर्माणमा थप प्रेरणा मिल्ने छ ।

नेपालमा संविधानको इतिहासवर्तमान संविधानका बारेमा जानकारी दिने काम एकाइ आठले गर्दछ । यस एकाइको अध्ययनपछि नेपालको संविधानका विशेषताहरू बुझ्न र नेपालको निर्वाचन प्रणालीका बारेमा जानकारी पाउन सकिने छ । यस एकाइमा राष्ट्र, राष्ट्रियताराष्ट्रिय सुरक्षाका बारेमा समेत जानकारी दिएको छ ।

एकाइ नौमा मानव बस्तीको परिचय, प्रकार विकासका बारेमा जानकारी दिइएको छ । यसका साथै जनसङ्ख्या र विकासका बारेमा पनि यस एकाइले विभिन्न जानकारी दिएको छ ।

नेपालको अर्थतन्त्र र यसका आधारहरूका बारेमा एकाइ दशमा चर्चा गरिएको छ । सार्वजनिक, निजी सहकारीका साथै विप्रेषण (remittance) का बारेमा पनि यसै एकाइमा पढाइ हुने छ । यस एकाइमा कारोबारका किसिमहरूसरकारी वित्तका बारेमा पनि जानकारी प्राप्त हुन्छ ।

एकाइ एघारमा नेपालको स्वास्थ्य अवस्थाका बारेमा पठनपाठन भएको छ । यस एकाइले स्वस्थ जीवनशैली विकास गर्न, मितव्ययीहुन तथा योगध्यान गर्नका लागि समेत अभिप्रेरित गर्ने छ ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा एकाइहरू

  • पाठ 1सामाजिक तथा जीवनोपयोगी शिक्षाको अवधारणा
  • पाठ 2जीवनोपयोगी सिपको रूपमा डिजिटल सिपहरू तथा सामान्य अनुसन्धान सिप
  • पाठ 3जीवनोपयोगी सिप
  • पाठ 4मानव समाजको उद्भव र विकास
  • पाठ 5भूगोल र सामाजिक जीवन
  • पाठ 6विश्वको इतिहास
  • पाठ 7सामाजिक पहिचान, विविधता र वर्ग विभाजन
  • पाठ 8संविधान र नागरिक सचेतना
  • पाठ 9बस्ती, जनसङ्ख्या र विकास
  • पाठ 10अर्थतन्त्र र विकास
  • पाठ 11स्वास्थ्य सेवा र सामाजिक विकास

परीक्षाका दृष्टिले केहि महत्त्वपूर्ण पाठ :

  • सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अर्थ, स्वरूप र महत्त्व
  • डिजिटल साक्षरता
  • समस्या समाधान
  • सञ्चार
  • कृषि युगको सुरुआत र विकास
  • लोकतन्त्र
  • नेपालको निर्वाचन प्रणाली
  • जनसङ्ख्या व्यवस्थापन
  • नेपालको अर्थतन्त्रको आधारहरू
  • योग तथा ध्यानको महत्त्व र अभ्यास

Get your mySecondTeacher app and begin your journey to excellence!

Download the mySecondTeacher app today.

Get it on Google Play
Download on the App Store