mySecondTeacher – Nepal
  • About
  • MST Platform
  • Features
  • Users
  • Students
    Teachers
    School Leaders
    Parents
    Educators
  • Content
  • Contact
  • Help
  • Login
  • /
  • Register for Free
mySecondTeacher – Nepal
  • About
  • MST Platform
  • Features
  • Users
    Students
    Teachers
    School Leaders
    Parents
    Educators
  • Content
  • Contact
  • Help
Login
Register for Free

कक्षा १२ अनिवार्य नेपाली

कक्षा १२ अनिवार्य नेपाली

कक्षा १२ को अनिवार्य नेपाली विषयको पाठ्यक्रमअनुसार सुनाइ, बोलाइ, पढाइ तथा लेखाइका सिप विकास हुने गरी साहित्यका कविता, कथा, नियात्रा, चिठी, उपन्यास, जीवनी, संवाद, निबन्ध र रिपोर्ताजका साथै शब्दभण्डार, व्याकरण, बोध तथा अभिव्यक्तिसम्बन्धी छलफल तथा विश्लेषण गरी शिक्षक र विद्यार्थीबिचको अन्तरक्रियात्मक भिडियो बनाइएको छ । भिडियोका माध्यमबाट विषयवस्तुलाई सरल, प्रभावकारी र रोचक तरिकाले बुझाइएको छ ।

पाठका गाह्रा शब्दका अर्थ, वाक्यमा प्रयोग, पर्यायवाची तथा विपरीतार्थक शब्द, शब्दनिर्माण एवम् शब्दस्रोत जस्ता कुरा शब्दभण्डारअन्तर्गत छलफल गरिएको छ । उखानटुक्का तथा पारिभाषिक/ प्राविधिक शब्दको अर्थ र प्रयोगबारे शब्दभण्डारकै शैलीमा छलफल गरिएको छ । त्यस्तै शब्दभण्डार बढाउन सजिलो होस् भनी शब्दकोशको प्रयोग गर्न सिकाइएको छ ।

साहित्यअन्तर्गत गोपालप्रसाद रिमालको ‘आमाको सपना’ (कविता), मदनमणि दीक्षितको ‘विरहिणी दमयन्ती’ (कथा), तारानाथ शर्माको ‘घनघस्याको उकालो काट्ता’ (नियात्रा), ‘व्यावसायिक पत्र’ (व्यावहारिक लेखन), ‘एक चिहान’ (उपन्यास), ‘स्टिफन विलियम हकिङ’ (जीवनी), राष्ट्रकवि माधवप्रसाद घिमिरेको ‘हामीलाई बोलाउँछन् हिमचुली’ (कविता), भागिरथी श्रेष्ठको ‘मातृत्व’ (कथा), बखतबहादुर थापाको ‘गोर्खे’ (कथा), ‘नेपाली पहिचान’ (संवाद), ‘सहकारी’ (निबन्ध) तथा ‘जीवन मार्ग’ (रिपोर्ताज) पाठको आवश्यक छलफल तथा विश्लेषण निकै सरल र प्रभावकारी ढङ्‍गले गरिएको छ ।

व्याकरणअन्तर्गत अक्षरको संरचना छुट्याउन, पदवर्ग पहिचान गर्न तथा वर्णविन्यासगत त्रुटि पहिचान गरी शुद्ध पार्न सिकाइएको छ । उपसर्ग, प्रत्यय, समास, द्वित्व प्रक्रियाबाट शब्दनिर्माण गर्न तथा काल, पक्ष, भाव, कथन, वाच्य आदिका आधारमा वाक्य परिवर्तन गर्न सिकाइएको छ । त्यसै गरी कारक, विभक्तिको पहिचान र प्रयोग तथा उद्देश्य र विधेयको पहिचान गर्न पनि सिकाइएको छ ।

बोध तथा अभिव्यक्तिअन्तर्गत बोध, बुँदाटिपोट, सारांश, प्रतिवेदन, टिप्पणी, समीक्षा, व्याख्या, प्रतिक्रियात्मक तथा तार्किक उत्तरलेखनको सिप सिकाइएको छ । चिठी, भरपाई, तमसुक, मन्जुरीनामा, बोलपत्र, टिप्पणी र आदेश, सूचना, विज्ञापन, व्यक्तिगत विवरण जस्ता व्यावहारिक लेखनका बारेमा छलफल गरिएको छ । त्यस्तै सिर्जनाअन्तर्गत गजल, निबन्ध, रिपोर्ताज आदि लेख्न सिकाइएको छ । आन्तरिक मूल्याङ्कनको परिचयसहित परियोजना कार्य, सुनाइ, बोलाइ, लेखाइ र पढाइका विभिन्न अभ्यास पनि गराइएको छ ।

अनिवार्य नेपाली पाठहरू

  • पाठ 1 – आमाको सपना
  • पाठ 2 – विरहिणी दमयन्ती
  • पाठ 3 – घनघस्याको उकालो काट्ता
  • पाठ 4 – व्यावसायिक पत्र
  • पाठ 5 – एक चिहान
  • पाठ 6 – स्टिफन विलियम हकिङ
  • पाठ 7 – हामीलाई बोलाउँछन् हिमचुली
  • पाठ 8 – मातृत्व
  • पाठ 9 – गोर्खे
  • पाठ 10 – नेपाली पहिचान
  • पाठ 11 – सहकारी
  • पाठ 12 – जीवन मार्ग
  • पाठ 13 – आन्तरिक मूल्याङ्‍कन

परीक्षाका दृष्टिले महत्त्वपूर्ण पाठ :

  • अक्षर संरचना पहिचान
  • पदवर्ग (नाम, सर्वनाम, विशेषण, क्रियापद, क्रियाविशेषण, नामयोगी, संयोजक, विस्मयादिबोधक, निपात) पहिचान
  • शब्दस्रोत
  • शब्दनिर्माण (उपसर्ग, प्रत्यय, समास, द्वित्व)
  • कारक, विभक्ति, वाक्य परिवर्तन
  • काल, पक्ष, भाव/अर्थ, करण-अकरण, वाच्य
  • वाक्य संश्लेषण तथा विश्लेषण, वाच्य
  • बुँदाटिपोट र सारांशलेखन
  • व्यावहारिक लेखन (व्यावसायिक पत्र, निवेदन, मञ्जुरीनामा, सम्पादकलाई चिठी, विज्ञापन, सूचना, करारनामा / सम्झौता पत्र, भरपाई, तमसुकलेखन, विज्ञप्ति, व्यक्तिगत विवरण, बैठक निर्णय)
  • प्रतिवेदन र टिप्पणीलेखन
  • व्याख्या, प्रतिक्रियात्मक तथा तार्किक उत्तरलेखन
  • समीक्षात्मक उत्तरलेखन
  • निबन्धलेखन

Get your mySecondTeacher app and begin your journey to excellence!

Download the mySecondTeacher app today.

Get it on Google Play
Download on the App Store
mySecondTeacher Nepal
mySecondTeacher
  • About
  • Partner Schools
  • Blog
  • Help
  • Contact
Our Offerings
  • Grade 10
  • Grade 11
  • Grade 12
Users
  • Students
  • Parents
  • Teachers
  • Educators
  • Government
  • School Leaders
Terms and Conditions
  • Cookies Policy
  • Privacy Policy
  • Copyright Policy
Let's connect!
  • info@mysecondteacher.com.np
  • sales@mysecondteacher.com.np
  • +977-9801066001
  • +977-9801022187
  • +977-9801010144
  • +977-9801010155
© mySecondTeacher - Nepal 2026